दफा
उजुरी गर्न सक्ने
(१) उद्योग दर्ता गर्ने निकायले उद्योग दर्ता गर्न अस्वीकार गरेमा सो उपर चित्त नबुझ्ने पक्षले तीस दिनभित्र विभागले गरेको निर्णयको हकमा मन्त्रालय र प्रदेशको उद्योग दर्ता गर्ने निकायले गरेको निर्णयको हकमा सम्बन्धित प्रदेशको उद्योग हेर्ने मन्त्रालयमा उजुरी गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम परेको उजुरी उपर उजुरी सुन्ने निकायले आवश्यक जाँचबुझ गरी उजुरी परेको मितिले तीस दिनभित्र सो सम्बन्धमा आवश्यक निर्णय गर्नेछ।

(३) उजुरी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।